राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
काठमाडौं – राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस भएका छन् । त्यस्तै र आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीलाई सिफारिस गरिएको बताइएको छ ।
सभामुख देवराज घिमिरे नेतृत्वमा रहेको सिफारिस समितिले सोमबार आचार्य, विष्ट र भण्डारीको नाम सिफारिस गर्ने निर्णय गरेको हो। आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, विष्ट प्रेस चौतारीका पूर्वअध्यक्ष र भण्डारी प्रेस काउन्सिलकी सदस्य थिइन्।
सिफारिस समितिमा सभामुख, सूचना तथा प्रविधि मन्त्री र पत्रकार महासंघ रहने व्यवस्था छ। सिफारिस समितिले आचार्य, विष्ट र भण्डारीको नाम सञ्चार मन्त्रालयमा पठाएको छ। अब मन्त्रिपरिषदबाट निर्णय भएपछि प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त हुनेछन्।