सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न, नगद र नगद लाभांश बाँढिने  

Image

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा शुक्रवार विराटनगरमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ । 

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रू. ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को १० दशमलव २६ प्रतिशतका दरले बोनस शेयर र २४ दशमलव ७४ प्रतिशत ( प्रस्तावित बोनस शेयरको कर प्रयोजन समेतको लागि) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै सभाले बोनस शेयर वितरणपश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गरी रू. ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ पु¥याउने प्रस्ताव सभाले पारित गरेको छ । 

Tags: