कलेज अफ मेडिकल साइन्सेस र प्रभु बैंकबीच विशेष छूट सम्झौता
काठमाडौं – चितवनको भरतपुर महानगरपालिकां–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेÈ छूटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतवार भएको सम्झौतामा बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा अस्पतालका तर्फबाट एडिस्नल डिरेक्टर डा.मनोहर प्रधानले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालका सेवामा २० प्रतिशतसम्म छूट पाउने भएका छन् । उपचार गर्दा औÈधि, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २० प्रतिशतसम्म को छूट पाइने भएको हो । सुविधा तथा सेवा प्राप्त गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेशगर्नुपर्ने बताइएको छ ।
ग्राहकको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३१५ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ६९ भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “विश्वास लिन्छौं विश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।