प्रभु बैंक लिमिटेड र स्वीसकन्ट्याक्ट (एनएएमडीपी फेज टु) बीच सम्झौता

Image

काठमाडौं– सोमवार प्रभु बैंक र स्वीसकन्ट्याक्ट (एनएएमडीपी फेज टु) बीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका कृषकको व्यावसायिक विकासमा सहयोग गर्ने गरी स्वीसकन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘ग्रोइङ टुगेदर ः अ सस्ट्नेबल एग्रिकल्चर इनिसियटिभ फर कोशी प्रोभिन्स’ परियोजनाका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा स्वीसकन्ट्याक्ट (एनएएमडीपी फेज टु) का प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकलाई बैंकको नजिकका शाखाबाट कृषि कर्जाका साथै वित्तीय साक्षरता÷व्यावसायिक साक्षरता सहज रूपमा उपलब्ध गराउने बताइएको छ।

 

Tags: