कैलालीका किसान च्याउ खेतीमा आकर्षित
कैलाली । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेती बाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो ।
धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती बाट प्रशस्त आम्दानी गर्दै आएका छन् । उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै अचाएका हुन् । चार वर्ष अघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती तालेका उनले हाल पाँच वटा टनेल बाट च्याउ उत्पादन गर्दै आएका छन् ।
पाँच वटा टनेल बाट उत्पादन भएको च्याउ विक्री बाट सबै खर्च कटाएर ६ महिनामा ६ लाख बचत हुने उनले बताए । उनले भने,– “हिउँदका ६ महिना मात्रै च्याउ उत्पादन गर्छु । ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु । यो च्याउ प्रति किलो २ सय देखि २५० मा बिक्री हुने गरेको छ ।”
“बजारको माग अनुसार आपूर्ति गर्न सकेको छैन”, उनले भने,– “प्रति दिन ७० देखि ८० के।जी। च्याउ बिक्री गर्दै आएको छु ।” च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उनी बताउछन् । उनले भने,– “यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ । चार जनाको परिवार छ, घर खर्च चलेको छ । पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु ।” च्याउखेती विस्तार गर्दै जाने आफ्नो योजना उनले सुनाए ।
यसैगरी, गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गरेकी छन् । च्याउ बिक्री बाट खर्च कटाएर वार्षिक २ लाख बचत हुने गरेको उनले बताइन् । उनले भनिन, “च्याउखेती बाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ ।” च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उनको अनुभव छ ।
च्याउ सँगै डेढ कठ्ठा जग्गामा सागसब्जी पनि लगाएकी उनले त्यस बाट वार्षिक एक लाख बचत गर्दै आएको बताइन् ।