ग्लोबल आइएमई बैंक र जीआईजेडबीच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता

Image

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ ।  
जीआईजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा ‘दीर्घकालिन विद्युतीय यातायातका लागि नेपाल’ परियोजना सञ्चालन गरिरहेको छ । बैंकले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो ।

उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युत्को उपभोगमा वृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । साथै, सार्वजनिक यातायात सेवामा विद्युतीय सवारीसाधनको संख्या वृद्धि भई सर्वसाधारणको पहुँच विस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आउनुका साथै सवारीसाधनबाट हुने वातावरणीय प्रदुषणमा समेत कमी आउने विश्वास बैंकको छ । 

बैंकले विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्न व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई पनि न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको बताइएको छ । 
 

Tags: