स्टार्टअप कार्यक्रम सम्पन्न

Image

काठमाडौं– सर्वकल्याण संस्थाद्वारा टोखा नगरपालिकाको सहयोगमा ७ दिने युवा उद्यमी स्टार्टअप कार्यक्रम सम्पन्न भएको छ । ‘‘युवा स्वरोजगार ःआर्थिक उन्नति’ नारासहित युवा उद्यमी शुरू गर्ने प्रशिक्षण कार्यक्रम टोखा नगरपालिका स्थित तिलिङटार माविको मेयर सभा हलमा गरिएको थियो ।  उक्त कार्यक्रममा टोखा नगरपालिकाका विभिन्न संघसंस्थाका प्रतिनिधि र विभिन्न वडाबाट युवाको उल्लेखनीय सहभागिता थियो।

वर्तमान समयमा युवा पुस्तामाझ विदेशिने लहर चलेको बेलामा आफ्नै सीप, स्थानीय स्रोत र साधनको प्रयोग गरी आफ्नै क्षमतामा देशमा नै केही गर्न सकिन्छ भन्ने हौसला, मार्गनिर्देशन गर्न र प्रशिक्षण गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको र आजको दिनमा युवाहरुलाई यस्ता प्रकारका प्रशिक्षण दिन आवश्यक रहेको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

२०७३ सालमा स्थापना भई स्थापना भई समाजसेवामा अग्रसर संस्था सर्वकल्याण समाजले समाज सुधारको क्षेत्रमा धेरै कामहरू गरेको छ। वातावरण, महिला नेतृत्व, मानसिक स्वास्थ्य, युवा सशक्तिकरण लगायत अन्य थुप्रै क्षेत्रहरूमा आफ्नो स्थापनाकालदेखि नै काम गर्दै आइरहेको छ र यस युवा उद्यमी स्टार्टअप कार्यक्रम युवा सशक्तीकरण अन्तर्गत रही सञ्चालन गरिएको र आगामी दिनहरूमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिई समाजसेवामा सधैं सर्व कल्याण समाज अग्रसर रहने  कुरा संस्थाका अध्यक्ष शारदा ढकालले  बताइन्।

 

Tags: