ग्लोबल आइएमई बैंक र आध्यान्तबीच सम्झौता 

Image

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहँुच र लगानी विस्तार गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवद्र्धन विभागका प्रमुख चित्रकुमार चालीसे तथा आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरेका छन् । आध्यान्तले साना तथा मझौला उद्यमीको व्यापार विस्तार तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्राविधिक सहायता तथा परामर्श लगायतका सेवा प्रदान गर्दै आएको छ । 

बैंक र आध्यान्तबीचको सहकार्यले उद्यमीलाई विभिन्न प्रकारका तालीम तथा वित्तीय पँहुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउने विश्वास लिइएको छ । ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।
 

Tags: