‘आइएमई गरौं, उद्यमी बनौं’ योजनाका विजेता घोषणा

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरी पठाएका तीन जना विजेता छनौट भएका छन् । योजनाअन्तर्गत रोमानियाबाट ज्ञानेन्द्रप्रसाद गजुरेल, कुवेतबाट राजु लौपा मगर र मलेसियाबाट थानेश्वर थापा मगरले आइफोन सिक्सटिन प्राप्त गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमईका ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्रमार्फत विजेता छनौट गरेकी थिइन् ।
योजनाको पहिलो चरणको मासिक उपहार अन्तर्गतको असोज, कात्तिक र मङ्सिर महिनाको आइफोन सिक्सटिनका विजेता छनौट गरिएको हो । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिट्यान्समार्फत रकम पठाउन र रेमिटमार्फत प्राप्त रकम उद्यममा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले यो योजना गत असोजमा सार्वजनिक गरेको थियो ।
दोस्रो चरणको योजनाअन्तर्गत पुस २०८१ मा शुरू गरिएको ‘आइएमई गरौं, उद्यमी बनौं’ योजना साउन २०८२ सम्म रहनेछ जसमा तिन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्नेछन् । आइएमई गरी आइएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन सक्नेछन् । आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याइएको आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।