रिलायन्स फाइनान्स एनपीएलमा लुम्बिनी लायन्सको प्रायोजक

Image

काठमाडौं - रिलायन्स फाइनान्स लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको छ । रिलायन्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागिता गर्ने बताइएको छ । सम्झौतापत्रमा रिलायन्सका सीईओ समाजप्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो ।

यस साझेदारीले फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने प्रतिबद्धता उजागर गरेको संस्थाको भनाइ छ ।
लुम्बिनी लायन्स फ्रेन्चाइजको नेतृत्व नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन् । क्लबले अनुभवी र प्रतिभाशाली अन्तरराष्ट्रिय र राष्ट्रिय खेलाडीको समूहलाई समेटेको छ ।


टिममा अन्तरराष्ट्रिय खेलाडी बेन कटिङ, उन्मुक्त चन्द, इंग्ल्याण्डका टम मुरस, क्यानाडाका कप्तान साद बिन जफर र वेस्ट इन्डिजका रामोन सिम्मन्ड्स छन् । त्यस्तै राष्ट्रिय खेलाडीमा बिवेक यादव, सन्दीप जोरा र सूर्या तामाङ रहेका छन् ।

 

Tags: