हेरुका लामा निर्देशित ‘कस्तो हो यो माया’ बजारमा

Image

काठमाडौं – चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्वारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा आएको छ । क्यानाडामा रहेरका उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक भिडियो बजारमा ल्याएका हुन ।

‘लामो समयपछी कर्मभुमिबाट म्युजिक भिडियो बजारमा ल्याएका छौं । विश्वास छ सम्पूर्ण दर्शकले मन पराउनुहुनेछ,’ निर्देशक लामाले भने । म्युजिक भिडियो क्यानाडाको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । म्युजिक भिडियोलाई उनै निर्देशक लामाले पहिलोपटक छायांकन गरेका हुन ।

गायक निशान भट्टराईको आवाज, लेखु सहयात्रीको संगीत, इश्वर थापाको शब्द, पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ । साजन शाहले मिक्सिङ, नरेश विविशीले रेकर्डिङ गरेको गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरेको हो ।

म्युजिक भिडियोमा इश्वर थापा र परीथा खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई उनै निर्देशक हेरुका लामाले ड्रोन, छायांकन र कोरियोग्राफी गरेका हुन । भिडियोलाई सम्पादन र कलर राजेश कुमारले गरेका हुन ।

 

Tags: