इक्यान काभ्रेमा भुवन रायमाझी

Image

काठमाडौं –नेपाल शैक्षिक परामर्श संघ  (इक्यान) काभ्रेले नयाँ कार्य समिति पाएको छ ।  शाखाको प्रथम अधिवेशनले भुवन रायमाझीको नेतृत्वमा  नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

कार्यसमितिको अध्यक्षमा रायमाझी, उपाध्यक्षमा शर्मिला तिमल्सिना, सचिवमा बालकृष्ण न्यौपाने, कोषाध्यक्षमा अशोक तिमल्सिना, सदस्यहरुमा मनोज अधिकारी, श्यामहरि रम्तेल र आषिस लामा रहेका छन् ।

नयाँ कार्यसमितिलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान) केन्द्रीय समितिले सफल कार्यकालको शुभकामना सहित बधाइ ज्ञापन गरेको छ ।

Tags: