एनसेल अब ‘सधै अन’

Image

काठमाडौं– एनसेलले फाइभजी भिजनमा आधारित ‘सधैं अन’ प्लान सार्वजनिक गरेको छ। उक्त प्लानअनुसार ग्राहकले अनावश्यक रुपमा मोबाइलको ब्यालेन्स काटिने समस्या अन्त्य हुने कम्पनीको दाबी छ।

‘सधैं अन’ नामक योजनाअनुसार ग्राहकलाई आफ्नो ब्यालेन्स सकिने डर नगरी सधैं अन राखेर सशक्त बनाउन र डिजिटल भविष्यतिर डो¥याउनु रहेको कम्पनीको भनाइ छ । ‘उपभोक्ताका आवश्यकता परिवर्तन हुँदैछन् र धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्यहरूजस्तै किनमेल, यात्रा बैंकिङ कारोबारलगायत कार्य अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ‘सधै अन’ अर्थात अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ,’ एनसेनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मानक सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पु¥याउनु योजनाको अवधारणा रहेको उनले बताए। उनले भने, ‘अहिले नेपालका मोबाइल सेवा प्रदायकका प्रयोगकर्ताले इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकको जानकारी विना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोगबापत ब्यालेन्स काटिने समस्या छ। यही समस्यालाई एनसेलले समाधान गर्न चाहेको छ ।’

उक्त योजनामा ५ दर्जन भन्दाबढी डेटा प्याकलाई २० वटामा झारेको कम्पनीले बताएको छ। योजनाको ठूलो उद्देश्य नेपाली ग्राहकलाई फाइभजीका लागि तयार पार्नु रहेको कम्पनीको भनाइ छ।

प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले फाइनजी ताररहित प्रविधिको भविष्य रहेको र यसले व्यवसाय र अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन गर्ने बताए । ‘६० वटा भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आईसकेको छ। हामी चाहन्छौं भारतपछि नेपाल फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस्। तर त्यसका लागि हामीले एउटा महत्त्वपूर्ण पहिलो कदम चाल्नुपर्छ र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोवाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईको डेटा सधै अन हुनुपर्छ,’ कायुमोभले भने।

के छ ‘सधैं अन’मा ?

एननेलको सधैं अनअन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लानहरु सञ्चालनमा ल्याएको छ। यसमा २ दिनको समयसीमा रहेको ९८ रुपैयाँबाट सुरु हुने प्याकदेखि २८ दिन समयावधि रहेको १४९९ रुपैयाँ पर्ने सम्मको विभिन्न प्लान छन्।

हरेक प्लानमा डेटा, अल नेपाल कल टक र अल नेपाल एमएमएसको बन्डलिङ छ। प्लानहरु ग्राहकलाई विद्यमान शुल्कभन्दा २ गुणा सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीको भनाइ छ। यसका साथै सधैं अन सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्क डेटा पनि पाउने कम्पनीको भनाइ छ।

 

Tags: