ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट २०२४ को शीर्ष उपाधि लुब्ना चन्दलाई, पूर्णिमा र बिपिका फष्ट र सेकेन्ड रनरअप
काठमाडौं। ग्लोरी मिडियाद्वारा आयोजित ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट २०२४ को शीर्ष उपाधि लुब्ना चन्दले जितेकी छन् । आइतबार साँझ राष्ट्रिय नाचघर, जमलमा आयोजित प्रतियोगितामा विजेता चन्दले प्रतियोगिताको शीर्ष उपाधि सहित मस्ट चार्मिङ, वेस्ट पर्सनालिटी र वेस्ट पब्लिक स्पिकरको अवार्ड समेत हात पारिन् ।
प्रतियोगीतामा पूर्णिमा तिमल्सिना र बिपिका राई क्रमश फष्टरनरअफ र सेकेन्ड रनरअप भए । तिमल्सिनाले मस्ट ट्यालेण्ट एवं मष्ट ईन्टेलिजेष्टको र राईले पब्लिक एन्ड पपुलारिटीको अवार्ड हात पारे । विजेता तीनै जनाले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँका साथै आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।
प्रतियोगितामा सुप्रिया सुन्दास अर्गनाइजर च्वाइस बनिन् भने अबिना अर्याल मस्ट पपुलर च्वाइस र वेस्ट स्माइल अवार्ड विजेता घोषित भइन् । त्यसैगरि सुवर्ण न्यौपाने भ्युवर्स च्वाईसतर्फको विजेता बनेभने साकम्बरी बर्देवा मष्ट क्रियटिभ र वेस्ट वाककी विजेता बनिन् ।
मोडल दिपक घिमिरे, रक गायक, विनोद ढकाल, नेपाल चेम्बर अफ कमर्सकी निर्देशक सृष्टि त्रिपाठी, मोडल तथा कोरियोग्राफर अश्विनी कोइराला निर्णायकको भूमिकामा थिए । प्रतियोगिताको कोरियोग्राफीमा रोजिन शाक्य रहेका थिए ।