कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली मनोनित

Image

काठमाडौं –  कृषि विकास बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा दीर्घराज मैनाली मनोनयन भएका छन् । सरकारको मन्त्रीस्तरीय निर्णयले उनलाई सदस्य चयन गरेकोे हो । सञ्चालक मैनालीसँग सरकारी सेवामा काम गरेको लामो अनुभव छ । उनी अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत छन् । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन अनुसार सञ्चालक सदस्य मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले शपथ ग्रहण गराएका थिए । सो अवसरमा बैंकका सञ्चालक सदस्यहरू संजिवकुमार कर्ण, गोविन्दप्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोदकुमार गुरागार्इं, रीता सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेल लगायतको उपस्थिति थियो । 
 

Tags: