कौशिक गोत्रीय रेग्मी बन्धु समाजको तेस्रो वार्षिक साधारण सभा पुस १० मा हुने
काठमाडौं – कौशिक गोत्रीय रेग्मी बन्धु समाजले आफ्नो तेस्रो वार्षिक साधारणसभा आगामी पुस १० गते बुधवार काठमाडौंमा गर्ने भएको छ । सभामा संस्थापक, सल्लाहकार, प्रदेश समिति, उपत्यका विशेष समिति, जिल्ला समिति, पालिका तथा वडा समितिका पदाधिकारी तथा सदस्यहरू, आजीवन सदस्य, साधारण सदस्य तथा देश–विदेशमा रहेका सम्पूर्ण बन्धुबान्धवहरूको उपस्थितिका लागि सूचना प्रकाशित गरिएको समाजले जानकारी दिएको छ।
सभामा आर्थिक वर्ष (आव) २०८०/८१ का अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदन, लेखापरीक्षकले प्रस्तुत गर्ने वासलातसहितको लेखापरीक्षण प्रतिवेदन, कोषाध्यक्षज्यूले प्रस्तुत गर्ने कार्ययोजना तथा प्रतिवेदन अनुमोदन, आ.व. २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन, आ.व. २०८०/८१ मा सञ्चालक समितिले गरेका निर्णयहरूको पारित लगायतका विषयमा छलफल हुने बताइएको छ।
समाजले यसअघि पनि विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। यस वार्षिक साधारणसभामा समाजका आगामी योजनाहरू र गतिविधिहरूको बारेमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। सभामा सम्पर्कका लागि ०१–५९२६०९ वा ९८५१०८४०८५ मा सम्पर्क गर्न सकिने बताइएको छ।