उमेर ३० कट्यो ? अनुहार तन्नेरी राख्न यो फल खानुस्

Image

काठमाडौं– समय र उमेरलाई कसैले पनि रोक्न सक्दैन । अर्को सत्य उमेर अनुसार हाम्रो शारीरिक परिवर्तन पनि स्वाभाविक हो । जसरी समय र उमेरलाई रोक्न सकिदैन तर आफ्नो शारीरिक परिवर्तनलाई भने नियन्त्रणमा राख्न सकिन्छ ।

उमेर बढ्दै जानुको साथ–साथ हाम्रो शरीरमा पनि धेरै किसिमका परिवर्तनहरू हुन्छन्, जसरी उमेर बढ्दै जान्छ, त्यसको साथमा हाम्रो विशेष महत्व दिनु आवश्यक छ। बढ्दो उमेरमा यदि तपाईंको त्वचा (छाला)को सही तरिकाले हेरचाह गर्न नसके हाम्रो शरीर र सुन्दरता हाम्रो बशमा नहुन सक्छ । त्यसो भए अब के गर्ने ?

उमेरले ३० नाघेपछि यो फल खानुस्

हामी प्रायः अनुहारलाई सुन्दर राख्न र अनुहारमा चाउरीलाई कम गर्नका लागि बजारमा महंगा–महंगा प्रोड्क्ट प्रयोग गर्छौं। तर व्यक्तिगत रूपमा धेरै प्रोडक्ट प्रयोग गर्दा स्किनलाई फाइदाभन्दा बढी खराब गर्न सक्छ। अर्को कुरा महंगा प्रोडक्टले स्किनको बाहिर रङ त देला तर पोषण( डाइट) ले जस्तो स्किनको भित्र स्वस्थ बनाउन सक्दैन। तपाइको स्किनको लागि यस्ता फल छन् जुन औषधिभन्दा कम छैन। छालाका समस्याहरूबाट छुटकारा पाउनका लागि आफ्नो डाइटमा विभिन्न तत्वहरू समावेश गर्न सकिन्छ । त्यो फलफूल हो – एभोगाडो ।

एभोगाडोमा हाई फैटी एसिड, भिटामिन ए, बी, ई, टिन, मिनरल्स र प्रोटिन उच्च मात्रामा पाइन्छ। जसले शरीरले धेरैलाई फाइदा पु¥याउन मद्दत गर्छ। यसले हाम्रो अनुहारलाई उमेरभन्दा तन्नेरी देखाउँछ।

 

Tags: