साउन १५ मा ‘चिलाउनेगाउँ झरना महोत्सव’

Image

काठमाडौं – नुवाकोटको पूर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा नं ६ र वडा नं ४ को सीमामा रहेको ‘चिलाउनेगाउँ झरना महोत्सव’ ४ र ६ नं वडाले सयुक्त रूपमा साउन १५ गते आयोजना गर्ने भएका छन्।

शिवपुरीमा प्रकृति सुन्दर झरना पर्यटकीय स्थल भएकाले महोत्सवमा स्थानीय उत्पादनको विक्री वितरणसहित झरना महोत्सव गर्न लागिएको र उक्त महोत्सवले शिवपुरीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने वडा नं ४ का  अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । उनले भने, ‘काठमाडौं बाट २२ किमि दुरीमा रहेको उक्त स्थल पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण रहेकाले शिवपुरी गाउँपालिका वडा नं ६ र वडा नं ४ ले सयुक्त रूपमा उक्त झरना महोत्सव आयोजना गर्न लागिएको हो’ ।

गाउँमा पर्यटन प्रवद्र्धन गर्नाले स्थानीयवासीको आर्थिक आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले झरना महोत्सव गर्ने लागिएको र महोत्सवमा स्थानीय द्वारा उत्पादन गरेका कृषि सामग्री विक्री वितरणको स्टलसहित स्थानीयले  निःशुल्क खिर खुवाउने, समुन्द्रादेवी मन्दिर दर्शन गर्ने, महिला समूहबाट पञ्चेबाजा बजाएर मनोरञ्जन सहितका कार्यक्रम रहेको वडा नं ६ का अध्यक्ष विष्णु श्रेष्ठले बताए ।

 

Tags: