लैंगिक हिंसा न्यूनीकरणका लागि आध्यात्मिक चिन्तन आवश्यक

Image

मुगु – सदरमुकाम गमगढीस्थित जिल्ला समन्वयको सभाहलमा लैंगिक हिंसा न्यूनिकरणका लागि आध्यत्मिक तथा सकारात्मक सोचसम्बन्धी सचेतना अन्तरक्रिया  कार्यक्रम आइतबार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मुगु, निरन नेपाल र नारी उत्थान तथा सचेतना केन्द्र मुगुको संयुक्त सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

विश्व हिन्दु महासंघ, ओमकार परिवार, सत्यसाई रामकी केन्द्रीय सदस्य, त्यसैगरी नारी उत्थान सचेतना केन्द्र मुगुकी अध्यक्ष आध्यात्मिक तथा समाजसेवी चेतना मल्ल शाहीले आध्यात्मिक सद्संग तथा सकारात्मक ज्ञानले आफ्नो टोल छिमेकमा हुँने लैंगिक तथा घरेलु हिंसालाई न्यूनीकरण गर्ने  उद्देश्यले यो  कार्यक्रमको आयोजना गरिएको  बताइन् ।

यस्ता कार्यक्रमबाट समाजमा हुने गरेका विभिन्न किसिमका हिंसा न्यूनीकरणमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरिन्। प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले आध्यात्मिक सत्संग ज्ञानको सकारात्मक सोचको विकासले  मात्र समाजमा    लैंगिक हिंसा  न्यूनीकरण गर्न सकिने  उनले बताइन्।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख,   प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीका प्रमुख त्यसैगरी जिल्लाका आध्यात्मिक व्याक्ति, स्थानीय जन प्रतिनिधि, विभिन्न शिक्षण संस्थाका शिक्षक÷शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा भावना चौलागाइको अध्यक्षतामा जिल्ला स्तरीय   लैंगिक हिंसा  कार्यसमिति  गठन गरिएको थियो ।  

 

Tags: