प्रभु बैंकका ग्राहकलाई टिस्टुङ रिसोर्टमा छूट

Image

काठमाडौं– प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई टिस्टुङमा अवस्थित ‘टिस्टुङ रिसोर्ट’को विभिन्न सेवामा विशेष छूट दिने सम्झौता भएको छ ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा  टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन तथा सन्त महर्जन र बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शम्शेर राणाद्वारा हस्ताक्षर गरिएको थियो। सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधामा विशेष छूट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त रिसोर्ट मकवानपुरको उत्तरी भेगमा अवस्थित छ भने काठमाडाैं उपत्यकाबाट दणिक्ष पश्चिमको भाग सँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातीको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मीटर उचाइमा छ ।

इन्द्र सरोवर (कुलेखानी), बज्रबाराही मन्दिर कुन्छाल बस्ती यहाँका प्रमुख आकर्षक गन्तव्य स्थल हुन भने कृषि पेशा अर्को यहाँको प्रमुख विशेषता हो । आलु, काउजी, बन्दा, मुला, स्कुस, जस्ता यहाँका कृषि उत्पादन काठमाडौंसम्म विक्री वितरण हुने गर्दछ ।
आन्तरिक तथा वाह्य पर्यटकहरु यहाँ सितलता र आनन्द प्राप्तिको लागि आउने गर्दछन । विशेष गरि गर्मि याममा गर्मि छल्नका लागि बढी पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ ।

चारैतिर जङ्गल अनि हरियालीबीचमा इन्द्र सरोबर (कुलेखानी) अनि अग्लो डाँडामा शिरशिर बतास चल्दा यहाँ पुगेपछिको आनन्द नै बेग्लै हुने गर्दछ । अझ त्यहाँको मनमोहक दृश्य क्यामेरामा कैद गर्दाको क्षणको त व्याख्या जति गरे पनि कमि नै महसूस हुने गर्दछ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८३ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै, प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

Tags: