फर्किइन् परराष्ट्रमन्त्री राणा

Image

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन्। परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रवार अपरान्ह स्वदेश फर्किएकी हुन्।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन् । आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाले बताइन् ।

उनले भनिन्, ‘कतारमा एशीएन कोअपरेटिभ डाईलग थियो । त्यसमा २ वटा इस्यु थियो–एउटा एआईकै इस्यु थियो । त्यसमा अन्तराष्ट्रिय जगतले नै चासो देखायो । यी कुराहरुलाई हामीले राख्यौं त्यहाँ । बल्ड पिस, एशीयामा भइरहेको लडाईका विषयमा पनि कुरा भयो । त्यहाँ स्पोर्टस् डेभ्लोमेसीको कुरा पनि थियो । ’

उनले आफूले नेपालमा माउन्टेरिङ र वाटर ¥याफ्टिङको एकदमै सम्भावना रहेको र त्यसमा लिडरसिप लिनसक्ने कुरा  राखेर आएका बताइ् ।

‘एउटा मलाई एकदमै राम्रो के लाग्यो भने जुनै देशमा जाँदा पनि नेपालीलाई राम्रो भनेको पाइयो । नेपालको इमेज बढाउन, नेपालमा इन्भेष्टमेन्ट ल्याउन, नेपालको विकास गर्ने काममा लागि यो भ्रमण सफल भएको छ,’ उनले भनिन् ।

कतारमा आयोजित सम्मेलनमा एसिडी सम्मेलदनको क्रममा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेकी थिइन् । —न्युज एजेन्सी नेपाल

 

Tags: