श्रममन्त्री अर्यालद्वारा हज यात्रीलाई विदाई

Image

काठमाडौं – हज यात्राको लागि साउदी अरब जाने टोलीलाई शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले अन्तरराष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन् । शुक्रबार तेस्रो समूहमा १५२ जना यात्री हजका लागि साउदी प्रस्थान गरेका छन् ।

एयर अरेबिया एयरलाइन्समार्फत हज यात्री युएईको शारजहा हुँदै साउदी पुग्नेछन् । हजयात्रामा जाने यात्रुलाई यात्रा सफलताको शुभकामना दिदै श्रममन्त्री अर्यालले विदाई गरे ।  हिजरी संवत् १४४५ को हजका लागि गत बुधबार पहिलो समूहमा १५० जना साउदी अरब प्रस्थान गरी सकेका छन् । त्यस्तै दोस्रो समूहमा विहीबार विहान १५० जना साउदी प्रस्थान गरी सकेका छन् । आइतबार राती दुई बजे चौथो समूहमा १४८ जना साउदी प्रस्थान गर्नेछन् भने आइबार विहान नै अन्तिम समूहमा १६४ जना हजका लागि साउदी प्रस्थान गर्नेछन् ।

यो वर्ष ७६४ जना हजयात्री साउदी जाने भएका छन् । जसमध्ये १० जना प्रतिनिधिमण्डल छन् । साउदीको मक्का मदिनालाई इस्लाम धर्मालम्बीको सबैभन्दा ठूलो तिर्थ मानिन्छ । प्रत्येक वर्ष नेपालबाट हज यात्राका लागि जाने गरेका छन् । हज यात्राले पाप नष्ट भै स्वर्गको प्राप्ती हुने विश्वास रहदै आएको छ ।

Tags: