मुक्तिनाथ विकास बैंकलाई ‘सर्टिफिकेट अफ मेरिट’को सम्मान

Image

काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ । बैंकले दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले श्रीलंकाको कोलम्बोमा आयोजना गरेको बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत वित्तीय सेवा क्षेत्रतर्फ उक्त सम्मान हासिल गरेको हो ।

योसँगै बैंकले दोस्रोपटक उक्त सम्मान हासिल गरेको बैंकद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकले यसअघि सन् २०२१ को अवार्डमा पनि उक्त सम्मान पाएको थियो । साफाले विभिन्न विधामा ‘बेस्ट प्रिजेन्टेड एनुअल अवार्ड’ प्रदान गरेको बताइएको छ ।

दक्षिण एसियाली देशबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनलाई आधार मानेर उक्त अवार्ड दिइने गरिएको बताइएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकको वार्षिक प्रतिवेदन मूल्यांकनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको थियोे । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।

वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । अन्तरराष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीलाई थप ऊर्जा मिल्ने बैंकको भनाइ छ ।

साथै, बैंकले विकास बैंकले प्रवद्र्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ आउँदो मङ्सिर महीनाभित्र सार्वजनिक निष्कासनमार्फत इकाइ विक्रीमा ल्याउने बताइएको छ । यस कोषको प्रवद्र्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल छ ।
 

Tags: