मन बिगार्ने भान्सा

Image

पृथ्वीको वातावरणमा खराबी भए विभिन्न देशको मौसम र हावापानी बिग्रिने भएजस्तै हाम्रो पेटको वातावरणमा खराबी आए सम्पूर्ण शरीरमै खराबी आउँछ, मस्तिष्कमा पनि समस्या पर्छ । यसको अर्थ मानसिक रोग केवल पेटको स्वास्थ्य राम्रो पारे ठीक भइहाल्छ भन्नेचाहिँ होइन । तर ,भोजनले मानसिक स्वास्थ्यको उपचार गर्न औषधिसँगै महत्त्वपूर्ण भूमिका भने खेल्न सक्छ । यसैलाई ध्यानमा राखेर गरिएका अनुसन्धानहरूले शारीरिकसँगै मानसिक स्वास्थ्यमा पनि भोजनहरूको ठूलो भूमिका रहेको देखाएका छन् । पेट र मस्तिष्कबीच ठूलो सम्बन्ध छ भनी वैज्ञानिक हिसाबमा सिद्ध भएरै पेटलाई ‘दोस्रो मस्तिष्क’ मानिएको हो ।

बीबीसी (२१ फेब्रुअरी २०१९) मा छापिएको एउटा लेखअनुसार, डाक्टर जर्ज पोस्टर फिलिपनले झन्डै १०० वर्षअघि नै भोजन र मानसिक स्वास्थ्यबारे ‘सानो’ भए पनि अनुसन्धान गरेका थिए । उनले लन्डनको बथलेन शाही अस्पतालमा मानसिक रोगीहरूलाई उपचार गर्ने क्रममा चाल पाए— मानसिक अवसाद भएका केही बिरामीलाई धेरै कब्जियत हुने, छाला फुस्रो हुने र अल्छी लाग्ने भएको छ । मानसिक रोगीलाई कुपोषण पनि थियो । जर्जले सोही अस्पतालका मानसिक बिरामीलाई अन्य उपचार गर्नुका साथै पेट ठीक पार्न स्वास्थ्यकर खाना पनि दिए । उनले भोजनका साथै केफिर (युरोपमा पाइने विशेष प्रकारको बाक्लो दही जसले कब्जियत हटाउन र खाना पचाउन मद्दत गर्छ) पनि दिए ।

डा. जर्जले यसरी ‘उदासीको समस्या’ भएका बिरामीलाई उपचार गर्दा तीमध्ये ११ जना पूर्णरूपमा निको भए, १२ जनालाई धेरै राम्रो भयो । यो सानो अध्ययनले हाम्रो मानसिक स्वास्थ्य राम्रो हुनुमा हाम्रो पेटमा रहेका स्वास्थ्यकर कीटाणुहरूको ठूलो भूमिका हुने देखायो । हुन त यतिकै भरमा मानसिक तनाव वा अन्य मानसिक रोगको उपचार गर्न त सकिन्न, तर जर्जको अध्ययनपछि चिकित्सकहरू पेटका कीटाणु र मानसिक स्वास्थ्यबीच सम्बन्ध छ भन्नेमा गम्भीर हुन थाले । यद्यपि यो विचारलाई व्यवहारमै परिवर्तन गर्न पूर्णरूपमा अझै पनि सकिएको छैन ।

पृथ्वीको वातावरणमा खराबी भए विभिन्न देशको मौसम र हावापानी बिग्रिने भएजस्तै हाम्रो पेटको वातावरणमा खराबी आए सम्पूर्ण शरीरमै खराबी आउँछ, मस्तिष्कमा पनि समस्या पर्छ । यसको अर्थ मानसिक रोग केवल पेटको स्वास्थ्य राम्रो पारे ठीक भइहाल्छ भन्नेचाहिँ होइन । तर भोजनले मानसिक स्वास्थ्यको उपचार गर्न औषधिसँगै महत्त्वपूर्ण भूमिका भने खेल्न सक्छ । यसैलाई ध्यानमा राखेर गरिएका अनुसन्धानहरूले शारीरिकसँगै मानसिक स्वास्थ्यमा पनि भोजनहरूको ठूलो भूमिका रहेको देखाएका छन् । पेट र मस्तिष्कबीच ठूलो सम्बन्ध छ भनी वैज्ञानिक हिसाबमा सिद्ध भएरै पेटलाई ‘दोस्रो मस्तिष्क’ मानिएको हो ।

हाम्रो पेटका अर्बौं कीटाणु–जीवाणु भोजनले नै स्वस्थ वा अस्वस्थ हुने गर्छन् । अनि तिनै कीटाणु–जीवाणुले हाम्रो भावनाको उतार–चढावमा भूमिका खेल्छन् । आयुर्वेदमा भनिएको छ, ‘खानाले मान्छेको मन र व्यवहारमा पनि फरक पार्छ ।’ अर्को भनाइ छ, ‘शरीर स्वस्थ भयो भने मन पनि स्वस्थ रहन्छ, पेट स्वस्थ भए मन र शरीर दुवै स्वस्थ हुन्छन् ।’ मस्तिष्कबाटै हाम्रो भावना, दुःख, सुख, क्रोधलगायतका क्रिया परिचालित हुन्छन् भनेर सबैजसोलाई थाहा छ । तर हामीमध्ये कमैलाई थाहा होला, हाम्रो पेटमा पनि मनलाई प्रभाव पर्ने तन्तु हुन्छन् । पेटको स्वास्थ्यसम्बन्धी विभिन्न वैज्ञानिक अध्ययनमा अल्जाइमर, पार्किन्सन, चिन्ता, अवसादलगायतमा पनि पेटमा भएका कीटाणु–जीवाणुले भूमिका खेल्छन् भन्ने सिद्ध भएको छ ।

आन्तरिक रस (हर्मोन) हरूमध्ये सेराटोनिन यस्तो तत्त्व हो जसले हाम्रो मस्तिष्कमा प्रभाव पारेर आनन्दको अनुभूति गराउँछ । सेराटोनिनको कमी भए मन उदास हुन्छ । सेराटोनिन मस्तिष्कमा पनि उत्पन्न हुन्छ तर ढ० प्रतिशतचाहिँ पेटमै निस्किन्छ । जुन तत्त्वले पेटमा उत्पन्न भएपछि मस्तिष्कको कामलाई नियन्त्रण गर्छ, त्यो पेट पनि त स्वस्थ हुनुपर्यो नि !

पेटको स्वास्थ्य राम्रो राखिराख्न क्याल्सियम, फोलिक एसिड, भिटामिन बी–१२ लगायतका सूक्ष्म पोषण तत्त्वले सघाउँछन् । यी सबै तत्त्व हाम्रो भोजनमै पाइन्छन्, खालि खाना स्वास्थ्यकर चाहिँ खानुपर्यो । पत्रु खाना, नुन–चिनी बढी भएका खाना खाँदा मधुमेह, उच्च रक्तचाप हुन सक्छ । स्वास्थ्यकर खाना र व्यायाम, असल जीवनशैलीबाट यस्ता समस्या कम हुन्छन् । मधुमेह भएका मानिसलाई मानसिक अवसादको सम्भावना बढी हुन्छ । तनाव धेरै हुने मानिसलाई मधुमेहको सम्भावना पनि उत्ति नै हुन्छ ।

हामीले मस्तिष्क राम्रो पार्न एक प्रकारको भोजन, पेट र मुटु स्वस्थ राख्न अर्को प्रकारको भोजन गर्नै पर्दैन । जुनसुकै स्वस्थ खानाले मुटु, मिर्गौला, पेट स्वस्थ राख्न मद्दत गर्छ । स्वास्थ्यकर भोजन गरिए मुटु, मिर्गौला, मन र मस्तिष्क स्वस्थ हुन्छन् ।

 

Tags: