चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ टिजर सार्वजनिक

Image

काठमाडौं  – निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेको चलचित्र ‘मिसिङ ः केटी हराएको सूचना’को टिजर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण समूहले आगामी कात्तिक ३० गते चलचित्र प्रदर्शनमा आउने जानकारी दिएको छ ।

‘उजेली ः अ चाइल्ड ब्राइड इन नेपाल’ लगायतका चलचित्रबाट स्थापित निर्देशक गौचनले यो चलचित्र ट्राइ–सिटी पिक्चर्ससँगको सहकार्यमा ल्याउन लागिएको जानकारी दिए । गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको बताइएको छ ।

नेपाली सिनेमालाई एक फस्टाउँदो, विश्वव्यापी रूपमा मान्यता प्राप्त उद्योगमा रूपान्तरण गर्ने गरी नेपालको तराई क्षेत्रको जीवन्त पृष्ठभूमिमा आधारित चलचित्र मिसिङः केटी हराएको सूचना रहेको निर्देशक गौचनले जानकारी दिए । यस चलचित्रमा पहाडी समुदायका युवती र मधेसी समुदायकी युवाको रहनसहन र मेलमिलापको बारेमा कथा कोरिएको छ । लेखक तथा निर्माता समेत रहेका गौचनले तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता चलचित्रमा देखाइएकोे बताए । 

चलचित्रमा सृष्टि श्रेष्ठ र नाजिर हुसेनको मुख्य अभिनय छ । त्यस्तै संजय मिश्रा, अमितेश शाह लगायत जनकपुरका स्थानीय कलाकारको प्रस्तुति रहेको बताइएको छ । 
 

Tags: