नख्खु क्षेत्रमा नमूना पुल बन्दै

Image

ललितपुर । नख्खु क्षेत्रमा देशकै नमूना पक्की पुल बन्ने भएको छ । ललितपुर चक्रपथमा सडक वारपार गर्न अपांगतामैत्री पुल निर्माण गर्न लागेको र त्यो देशकै नमूना भएको ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले बताए ।

अपांगता भएका सडकप्रयोगकर्ता यात्रुहरुको लागि पुलको व्यवस्था गर्न लागिएको र अबको केही महिनामै उद्घाटन गरिने बताए । ह्वीलचेयरबाट आवतजावत गर्न सकिने पुल निर्माण हुने महर्जनले बताए । चक्रपथको धोवीघाट क्षेत्रमा धेरै मानिस सडक दुर्घटनाका कारण मृत्यु वरण गरेको सन्दर्भ उल्लेख गर्दै नगरप्रमुख महर्जनले इन्जिनियर क्षेत्रलाई नै लाज लाग्ने डिजाइनका कारण ललितपुरवासीले कठिनाइ व्यहोर्नुपरेको बताए । त्यस क्षेत्रमा पनि साइकलमैत्री पुल निर्माण गर्न लागेको मेयर महर्जनको भनाइ थियो।


चक्रपथ सफाई अभियानको छैटौं वर्ष प्रवेशको अवसरमा मेयर महर्जनले चक्रपथको सुन्दरता, कमजोरी र पुननिर्माणका सन्दर्भमा बोल्दै चक्रपथका केही क्षेत्रमा रुख रोप्ने, फूल फुलाउने र सुन्दर चक्रपथ निर्माण हुने बताए।

 

Tags: