भिभो भि ३० सिरिज : नवीनता र पहुँचमा नयाँ मानकहरू सेट गर्दै

Image

काठमाडौं –प्रख्यात टेक्नोलोजी ब्रान्ड, भिभो फ्ल्यागशिप भिभो भि ३० देखि बजेटमैत्री भि ३० लाइटसम्मका उपकरणमार्फत उपभोक्ताको हृदयमा बस्न सफल छ । भिभो नेपालका महाप्रबन्धक माइकलले अग्रगामी अनुसन्धान र नवप्रवर्तनप्रति ब्रान्डको अटुट प्रतिवद्धता व्यक्त गरे। उनले भिभोे भि सिरिजले यसको फोटोग्राफी, डिजाइन र कार्यक्षमताका साथ प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गरिरहेको बताए ।

भिभोे भि३० का प्रभावशाली स्पेसिफिकेशनहरू र ग्राउन्डब्रेकिंग सुविधाहरूले उपभोक्ताहरूलाई मोहित बनाउने कम्पनीको भनाइ छ । इमर्सिभ ६.७८ इन्च एमोलेड स्क्रिन र बटरी–स्मूथ १२० हर्जको रिफ्रेस रेटले सुसज्जित भिभोे भि३० ५० मेगापिक्सल मेन लेन्स र ५० मेगापिक्सल अल्ट्रावाइड लेन्स सहितको डुअल क्यामेरा सेटअपले आकर्षक फोटोग्राफीको सुनिश्चित गर्ने बताइएको छ ।

क्वालकम स्न्यापड्रैगन ७ जेन ३ र १२ + १२ जीबीको एक्सटेन्डेड ¥यामद्वारा संचालित भिभोे भि३० ले न्यूनतम पावर खपत गर्दै सिमलेस मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्ने बताइएको छ । साथै, यसमा विशाल ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको छ । पीकक ग्रीन र नोबल ब्ल्याक जस्ता अद्वितीय रङहरूमा उपलब्ध भी३० विवेकशील उपभोक्ताहरूलाई अपील गर्दै कार्यक्षमताका साथ सौन्दर्यशास्त्रलाई निर्बाध रूपमा मिश्रण गर्दछ ।
बजेट सचेत उपभोक्ताहरूको आवश्यकताहरू पूरा गर्दै, भिभोले अफर्डेबल मूल्यमा आफ्नो नवीनता र उत्कृष्टताको विरासत भिभो भी ३० लाईट प्रस्तुत गर्दछ । अप्टिकल इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र भिभोेको आफ्नो सिग्नेचर कलर चेन्जिङ्ग डिजाईनको साथ इमर्सिभ ६.६७ इन्च एमोलेड स्क्रिनले परिष्कृतता र शैलीलाई बढाउने बताइएको छ ।

इमर्सिभ अडियो अनुभव प्रदान गर्ने डुअल स्टेरियो स्पिकरको समावेशीकरणले यसलाई अझै जीवन्त बनाउँछ । अग्रणी ८० वाटको फ्ल्यास चार्ज प्रविधि र सक्षम प्रदर्शनसहित, यो उपकरणले चाहे तपाईं वेब ब्राउज गर्दै हुनुहुन्छ, भिडियो स्ट्रिमिङ गर्दै हुनुहुन्छ, वा गेमिङ गर्दै हुनुहुन्छ एक निर्बाध प्रयोगकर्ता अनुभव सुनिश्चित गर्दछ । पर्याप्त ५०००  एमएएच ब्याट्रीको साथ, प्रयोगकर्ताहरूले कुनै चिन्ता नगरी दिनभरि निर्बाध प्रयोगको आनन्द लिन सक्छन्। क्रिस्टल ब्ल्याक र ब्रीज ग्रीन जस्ता स्टाइलिश रङहरूमा उपलब्ध, भिभोे भि३० लाइटले किफायती र गुणस्तर बिचको सही सन्तुलन प्रदान गर्दछ, जसले यसलाई मध्य–दायरामा उत्कृष्ट विकल्प बनाउँछ ।

 

Tags: