हाम्रा ध्यान नपुगेका भिटामिन ‘ए’ का भण्डार

Image

सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ ।
‘आफ्ना बालबालिकाहरुलाई तोकिएअनुसार भिटामिन ए र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी  तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग सम्पर्क गरौं ।’ सरकार भन्छ  तर ‘भिटामिन ए पाउने सस्तो, हरियो तरकारी खाउँ’ नभन्ने किन होला ?

भिटामिन ‘ए’ जस्ता पोषण तत्वको अभावमा बालबालिकाको मृत्यु हुने जोखिम हुन्छ । अपहेलित, गुमनाम भिटामिन ए ले भरिपूर्ण  कर्कलो, करी पत्ता, लट्टे, मेथी, सिस्नो कर्कलोको नाम लिएपछि ‘त्यस्तो पनि तरकारी हुन्छ र ? के खाने छ्या’ भनेर नाक खुम्च्याउने पनि धेरै भेटिन्छन्।  

कर्कलो

कर्कलोमा  भिटामिन ए लौहतत्व, क्याल्सियम, विभिन्न अन्य खनिज पदार्थ र भिटामिन सी, पनि केही मात्रामा हुन्छन्। तराईतिर बाटो–बाटोमै कर्कलोको बोट देखिन्छ। तर कसैले प्रयोग गरेको देखिन्न। बाटामा फलिरहेको कर्कलो किन कसैले नटिपेको भनेर सोद्धा एक महिलाले  भनेकी थिइन्, ‘यसमा त विष हुन्छ। खानु हुन्न।’ वास्तवमा नै यसमा रहेको ‘क्याल्सियम अक्सोलेट’ नामक तत्वको उपस्थितिले यसमा केही विष हुनसक्छ। तर रातभरि पानीमा भिजाएर वा मज्जासँग  पकाएपछि त्यो विषालु तत्व नष्ट हुन्छ।
तर अन्य स्वस्थ व्यक्तिलाई स्वादको साथै रोगसँग लड्ने शक्ति दिने कर्कलो विभिन्न तरिकाले प्रयोग गर्नु अति उत्तम हुन्छ। सस्तो भन्दैमा हेप्न पर्दैन। बट्टाका, प्याकेटका कुहिएका खानेकुरा भन्दा त कर्कलो तरकारी प्रयोग गरे हुन्छ।

लट्टे

गाउँघरमा सजिलै उपलब्ध हुने लट्टेको साग पकाएर पाहुनालाई दिँदा धेरैले अपमानित भएको महसूस गर्छन् तर ठूला होटलमा त्यही लट्टे मन पराएर खानेहरू प्रशस्तै छन्।

नेपालका अधिकांश भागमा पाइने लट्टेका विविध नाम छन्। तराई तथा भित्रीमधेशमा यसलाई ‘रामदाना’ भनिन्छ। पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ र कर्णालीमा ‘मार्से’। मधेशका धेरै ठाउँमा गेन्हारी साग पनि भन्छन्।लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ।

भिटामिन ’ए’ को  साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि यसमा छन्।

करी पत्ता

काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ। असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन्। तराईमा जताततै पाइने करी पत्ताबारे धेरैलाई खासै जानकारी भएको देखिँदैन। करी पत्ता पोषणको भण्डार नै हो।

यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ। क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ। गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ। स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ रहन सहयोग गर्छ। मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट पनि जोगाउँछ।

यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्। करी पत्ताका बारेमा केही अनुसन्धान पनि भएका छन्। मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ किनभने यसले शरीरभित्र रहेको हर्मोन ‘इन्सुलिन’ को गतिविधिलाई प्रभावित गरेर रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ। त बनाउन सघाउँछ।

 ‘सिस्नो’

सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ । भिटामिन ए पाइने कुरा किन छलफल नभाको होला ?
खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन्। प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन्।

मेथी

मेथीका  दानामा सूक्ष्म मात्रामा, ए’, ‘बी’, र ‘सी’, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिंक, लौहतत्व, फोलिक, एसिडजस्ता खनिज र  पनि हुन्छ। मेथीका  पात   हरियो तरकारीका रूपमा पनि प्रयोग गरिन्छ।

दाल–तरकारी खाँदा मेथीको प्रयोगले स्वाद बढ्छ। मेथीमा लौह तत्व हुन्छ। रेसादार तत्व पनि हुन्छ। यसले कब्जियत कम गर्न, पाचन प्रणालीमा सहयोग गर्छ। त्यसैले स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ।

 

Tags: