हेयर एण्ड शान्तिमा प्रभु बैंकका ग्राहकलाई छूट सम्झौता

Image

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई छूट दिन काठमाडौंको कमलादीस्थित हेयर एण्ड शान्ति र प्रभु बैंकबीच छूटसम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्यसम्बन्धी सेवा सुविधामा विशेष छूट प्रदान गर्ने बताइएको छ ।

एक समारोहका बीच हेयर एण्ड शान्तिका निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोÈ सिंह कठायत तथा हेयर एण्ड शान्तिका म्यानेजर पूजा थापाको समेत उपस्थिति थियो ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीले हेयर एण्ड शान्तिमा सौन्दर्य सम्बन्धी सेवा लिँदा (थ्रेड्रिङ्ग बाहेक) ग्राहकलाई १० प्रतिशत र कर्मचारीलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीले प्रभु बैंकको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तर विभिन्न स्थानमा (आउटलेटः काठमाण्डौ भित्र ८ र पोखरा १, बिरगंज १, हेटौडा २ र नारायणघाट १ ) बाट सौेन्दर्य सम्बन्धि सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

 

Tags: