प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छूट सम्झौता

Image

काठमाडौं– प्रभु बैंकका कर्मचारीलाई लक्षित गर्दै हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छूट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा बैंकका तर्फबाट बागमती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यद्वारा हस्ताक्षर गरिएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारीले कर्मचारी मान्य परिचयपत्र को आधारमा मा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त समारोहमा बिशेÈ गरी महिला कर्मचारीलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराइएको थियो । स्तन सम्बन्धि क्यान्सर का डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सरकी डा.अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत दिएकी थिइन्।समारोहमा उल्लेखनीय महिला कर्मचारीको सहभागिता समेत रहेको थियो ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

 

Tags: