अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच विशेष छूट सम्झौता

Image

पोखरा – पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रालि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छूट प्राप्त गर्न सक्नेछन्। अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

अन्नपूर्ण केबलकार प्रालि पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ । उक्त केबलकार यात्रामा माछापुच्छ«े, धवलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाल लगायतका हिमश्रृंखला, फेवाताल, तालबराही, हरियाली प्रकृतिक छटाको दृश्यका साथसाथै सूर्योदय र सुर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित बैंकको नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० भन्दाबढी एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

उक्त समारोहमा बैंक सहसम्बन्ध प्रबन्धक प्रकाश पौडेल, शर्मिला भण्डारी, गण्डकी प्रदेश सञ्चालन अधिकृत सन्तोष अधिकारी, अन्नपूर्ण केबलकारका प्रशासन अधिकृत सुजल पौडेल लगायतको उपस्थिति थियो ।

 

Tags: