ग्लोकल टीन हिरो नेपालको १०औं संस्करण अन्तर्गत, ग्लोकल २० अन्डर २० को घोषणा

Image

काठमाडौं – ‘ग्लोकल टीन हिरो नेपाल’ १०औं संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ।  ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको बताइएको छ । ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ।

देशभरिबाट आएको ७०९ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२४ को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २०  अन्डर २० चयन गरिएको आयोजकले जानकारी दिएको छ ।
 
२० अन्डर २० किशोरकिशोरीहरूले विज्ञान, स्वास्थ्य कार्यकर्ता, उद्यमशीलता, बाल अधिकारकर्मी, वातावरणविद्, एआई विज्ञान÷अनुसन्धान जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।

यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ – आदेश रेग्मी, १८, सामाजिक कार्यकर्तास आशिष पन्थी, १९, सामाजिक कार्यकर्तास आयुष्मान पुरी, १८, सामाजिक कार्यकर्तास आर्यन बस्नेत, १८, आईटी उत्साहीस आशिष बंजारा, १८, सामाजिक कार्यकर्तास घनश्याम विश्वकर्मा, १९, बालअधिकारकर्मीस ह्याङ्साम नेम्वाङ, १७, उद्यमीस कौशल निरौला, १९, वातावरण अभियन्तास किशोर शाही, १६, जलवायु अभियन्तास क्रिस्टिना खनाल, १८, प्राविधिक उत्साहीस निश्चल भट्टराई, १६, सामाजिक कार्यकर्तास प्रशिम तिम्सिना, १६, टेक्नोप्रेनरस पूर्णिमा तिम्सिना, १७, बाल अधिकार कार्यकर्तास सजनी शर्मा, १९, सामाजिक कार्यकर्तास सौरभ बाँस्तोला, १७, क्त्भ्ः कार्यकर्तास शक्ति केसी, १९, एआई उत्साहीस श्रीजय सुवेदी, १८, प्राविधिक उत्साहीस सिन्सिया केसी, १९, स्वास्थ्य कार्यकर्तास सुगम पराजुली, १९, उद्यमी र तुषार शाह, १७, इनोभेटर।

उत्कृष्ट ६ को घोषणा अगस्ट २० तारिकमा हुने बताइएको छ र चयन भएका युवाहरुको सम्मान सेप्टेम्बर १, २०२४ मा हुने ग्लोकल टिन हिरो अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने छ।

 

Tags: