निर्देशक लामिछानेलाई पितृशोक
काठमाडौैं– निर्देशक ऋषि लामिछानेलाई पितृशोक परेको छ । निर्देशक लामिछानेका बुवा रोमहर्ष उपाध्यायको गत आइतवार नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।
विगत केही समयदेखि अस्वस्थ उपाध्यायको उपचारकै क्रममा निधन भएको हो । उपाध्याय ९० वर्षका थिए । उपाध्यायका पाँच छोरा छन् । निर्देशक लामिछाने उनका साईंला छोरा हुन् ।