लक्ष्मी सन्राइज बैंक र आईएफसीबीच ‘एम्पावर फाइनान्स एलायन्स’ कार्यान्वयनमा साझेदारी

Image


काठमाडौं- लक्ष्मी सन्राइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)सँगको  साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालमा यसप्रकारको पहल पहिलो पटक गरिएको र यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदम चाल्ने अपेक्षा बैंकको छ ।

अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पु¥याउने बताइएको छ ।
आईएफसीका बंगलादेश, भुटान र नेपालको देशीय प्रबन्धक मार्टिन होल्टमानले वित्तीय दुरुपयोगले जनजीवनमा विभिन्न अवरोध पु¥याउनुका साथै वित्तीय प्रणालीप्रतिको विश्वासलाई पनि घटाउने बताए । उनले भने, ‘यस साझेदारी मार्फत हामी वित्तीय दुरुपयोगलाई पहिचान र रोकथाम गर्न वित्तीय संस्थाहरूमा नै मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन र वित्तीय गतिविधिहरूका लागि सुरक्षित वातावरण सृजना गर्न चाहन्छौं ।’

‘एम्पावर फाइनान्स एलायन्स’मार्फत आईएफसीले लक्ष्मी सन्राइज बैंकलाई सुरक्षित बैंकिङ सेवा विकास गर्न आवश्यक मार्गनिर्देशन दिने बताइएको छ । यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पु¥याउने बैंकले जानकारी दिएको छ ।

यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरुपयोग जस्तो महŒवपूर्ण तर प्रायः बेवास्ता गरिने समस्यालाई समाधान गर्ने तर्फ एक महŒवपूर्ण कदम भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बताए । गत अगस्ट महीनामा आईएफसीद्वारा अष्ट्रेलिया सरकारको समर्थनमा शुरू गरिएको ‘एम्पावर फाइनान्स एलायन्स’मा नेपाल, पपुआ न्युगिनी, श्रीलंका, भानुआतु र भियतनामका नौ वित्तीय संस्था समावेश रहेको बताइएको छ, जसले सामूहिक रूपमा ३ करोडभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

 

Tags: