इक्यानको १९औं साधारण सभा सम्पन्न, विभिन्न १० संस्था सम्मानित

Image

काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)कोे १९औं वार्षिक साधारण सभा शनिवार काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभामा प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शैक्षिक परामर्श व्यवसायको महत्वलाई प्रष्ट पार्दै यसको भविष्यलाई उज्जवल बनाउन सरकारी प्रयासको आवश्यकता रहेको बताए । उनले भने, ‘शैक्षिक परामर्श व्यवसायले नेपालका विद्यार्थीको अन्तर्राष्ट्रिय शिक्षा अवसरमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ र यस क्षेत्रको भविष्य अझ उज्जवल हुने विश्वास व्यक्त गर्दछु।’ उनले शैक्षिक परामर्शलाई व्यवस्थित र दिगो बनाउन सरकारका तर्फबाट निरन्तर प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालका शैक्षिक परामर्श व्यवसायको भूमिका सशक्त र महत्वपूर्ण रहेको उल्लेख गर्दै, यस व्यवसायको विकासले अन्तर्राष्ट्रिय शिक्षा व्यवस्थामा नेपालको प्रतिष्ठा वृद्धि गर्न मद्दत पुर्याउने बताए

इक्यानका अध्यक्ष शेषराज भट्टराईले संघका सदस्यहरूको सक्रियता र समर्थनको प्रशंसा गर्दै यस वर्षको साधारण सभालाई सफल बनाउनमा योगदान पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरे । उनले संघको आगामी योजनाबद्ध कार्यहरू र शिक्षा परामर्श व्यवसायको दिगो विकासका लागि थप पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

सभामा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, कूटनीतिक प्रतिनिधि, विभिन्न चेम्बर्सका सदस्यहरू, ब्रिटिश काउन्सिल, पिटिई लगायतका संघ–संस्थाका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, विचार नेताहरू, मिडिया कर्मीहरू र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रमको अन्त्यमा एफएनसीसीआईका प्रतिनिधिहरूले इक्यानसँगको साझेदारीलाई अझ प्रगाढ बनाउन र नेपालको शैक्षिक परामर्श क्षेत्रको प्रवद्र्धनमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए।

सभामा विभिन्न १० सदस्य संस्थालाई सम्मान गरिएको थियो।


को को भए सम्मानित ?

Active Abroad Education Consultancy Pvt. Ltd.

Goreto Educational Consultancy Pvt. Ltd.

Study First Pvt. Ltd.

Birtamod Education Foundation Pvt. Ltd.

Interpacific Educational Foundation Nepal Pvt. Ltd.

Optimus Global Educational Consultancy Pvt. Ltd.

Khantsubaki International Education Center Pvt. Ltd.

Connect Globe Education Group Pvt. Ltd.

Nippon Educational Center Pvt. Ltd.

Oxford Academia Chitwan Pvt. Ltd.

सदस्य संस्थालाई सम्मानित गर्दै इक्यानले यस क्षेत्रको प्रगति र विकासमा अझै महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ। इक्यान अध्यक्ष भट्टराईले संघका सबै सदस्यहरूको योगदानको कदर गर्दै, संघको भविष्यमा थप सफलता र समृद्धिका लागि उनीहरूको समर्थनलाई अत्यन्त महत्वपूर्ण रहेको बताए।

 

Tags: