वार्षिकोत्सवमा गरिमा विकाश बैंकका १८ सामाजिक कार्यक्रम 

Image

काठमाडौं  । गरिमा विकास बैंक लिमिटेड १८औं वर्षमा प्रवेश गरेको छ । १८औं वार्षिकोत्सवका अवसरमा बैंकले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम गरी कुल ५६२ युनिट रगत संकलन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले जानकारी दिए ।

सो अवसरमा बंैकले जिल्ला ट्राफिक कार्यालय पोखरालाई ब्रेथलाइजर र रंगिन प्रिन्टर प्रदान गरेको छ । त्यस्तै कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मूल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान गरिएको बताइएको छ ।

बैंकले कान्ति बाल अस्पताल र बेनी अस्पताल म्याग्दीलाई वेटिङ कुर्सी, स्याङ्जाको ज्ञानज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई ट्रयाकसूट (स्कूल ड्रेस), जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने ¥याक, स्याङ्जाको राम्दीधाम संस्कृत गुरुकुलमा स्टील दराज सहयोग गरेको बताइएको छ ।
बैंकले झापाको मेची आधारभूत विद्यालयका विद्यार्थीको लागि जुत्ता तथा मोजा, रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीको लागि जाडो मौसमको पोशाक र स्याङ्जाको बाल शिक्षा निकेतन आधारभुत विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ ।

त्यस्तै बैंकले शनिवार ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ सम्पन्न गरेको छ । किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएको प्रतियोगितामा खुलातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी ४ प्रतियोगिता आयोजना गरिएको बताइएको छ । 
कुल ६५० भन्दा बढी धावकको सहभागिता रहेको उक्त प्रतियोगिताका हरेक विधामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई क्रमशः रू. ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

Tags: