इक्यान र पार्क युनिभर्सिटीबीच नेपाली विद्यार्थीका लागि नयाँ अवसरबारे छलफल

काठमाडौं । एजुकेशन कन्सल्ट्यान्ट्स एशोसिएसन अफ नेपाल (इक्यान) का पदाधिकारीहरूले फेब्रुअरी १९, २०२५ मा पार्क युनिभर्सिटी, अमेरिका का प्रतिनिधि केभिन भिकरसंग अर्थपूर्ण बैठक सम्पन्न गरेका छन्।
काठमाडौंस्थित इक्यान कार्यालयमा भएको यस बैठकमा नेपाली विद्यार्थीहरूका लागि थप अवसरहरू सिर्जना गर्न इक्यान र पार्क युनिभर्सिटीबीच सहकार्य बलियो बनाउने विषयमा छलफल भयो। दुई संस्थाबीच शैक्षिक आदान(प्रदान र विद्यार्थी सफलताका लागि विभिन्न संभावनाहरू पहिल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
इक्यानका उपाध्यक्ष गीताञ्जली शर्माले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा तथा छात्रवृत्तिको अवसर प्रदान गर्न इक्यान निरन्तर क्रियाशील रहेको पार्क युनिभर्सिटी जस्ता प्रतिष्ठित शैक्षिक संस्थासँग सहकार्य गर्दै विद्यार्थीहरूका लागि थप अवसरहरू सिर्जना गर्न प्रतिबद्ध रहेको बताइन्
पार्क युनिभर्सिटीका प्रतिनिधि श्री भिकरले नेपाली विद्यार्थीहरूको उच्च शिक्षाप्रति बढ्दो रुचिलाई ध्यानमा राख्दै, विश्वविद्यालयको विविध कार्यक्रमहरू र छात्रवृत्तिहरूको बारेमा जानकारी गराए।
इक्यान र पार्क युनिभर्सिटीबीचको यस सहकार्यले नेपाली विद्यार्थीहरूलाई अध्ययन अवसर विस्तार गर्न मद्दत गर्ने विश्वास गरिएको छ। यस सहकार्यसम्बन्धी थप विवरण चाँडै सार्वजनिक गरिनेछ।