बालबिकास संस्थालाई  सिटिजन्स बैंकको आर्थिक सहयोग 

Image

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकको १७औं वार्षिकोत्सवको अवसरमा बालविकास संस्थालाई आर्थिक सहयोग गरेको छ । अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको संस्थालाई बैंकले आर्थिक सहयोग स्वरूप रू. १ लाख ५० हजार सहयोग गरेको हो । 

संस्थाका अध्यक्ष सुवास गौतमले सहयोग रकम संस्थाको आश्रयमा रहेका ८० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गरिने बताए । सामाजिक रूपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । त्यसैको निरन्तरता स्वरूप वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गरिने बैंकको भनाइ छ ।
                    
 

Tags: