प्रभु बैंक र बुद्व एयरबीच छूटसम्बन्धी सम्झौता

Image

काठमाडौं – प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई बुद्व एयरको सेवामा विशेष छूट दिने सम्झौता भएको छ । एक समारोहका बीच सम्पन्न सम्झौतामा बैंकका चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरका डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्ववलाल कायस्थले हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्व एयरको उपलब्ध सेवामा ८ प्रतिशत छूट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बुद्व एयरले आफ्ना टिकट विक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छूटको व्यवस्था गरेको छ ।

ग्राहकको रोजाईमा अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालय, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ साथै,लण्डन स्थित दि फाइनान्सियल टाईम्सले बैंक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैंक, छोटो समयको अन्तरालमानै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

Tags: