एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबको लैङ्गिक हिंसा अन्त्यका ‘ओरेन्ज द स्कूल’ अभियान
काठमाडौं-एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’ अभियान सञ्चालन गरेका छन् । यो अभियान लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियानअन्तर्गत रहेको बताइएको छ । यस अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करीब १ हजार ५०० विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहभागी गराइसकिएको बताइएको छ ।
कार्यक्रमको उद्देश्य विद्यार्थी र शिक्षकलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवद्र्धन गर्न कदम चाल्नुको महŒवबारे सचेतना जगाउने रहेको आयोजकको भनाइ छ ।
जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष बिना रानाले लैङ्गिक हिंसा विश्वव्यापी संकट भएको बताइन् । ‘जसले आधारभूत मानव अधिकारको उल्लङ्घन गर्छ र लैङ्गिक समानतामा प्रगतिलाई रोक्छ,’ उनले भनिन्, ‘गरिबी, भेदभाव र जलवायु परिवर्तन जस्ता कारणहरूले महिला र केटीहरूलाई जोखिम बढाउँछन् ।’ ‘ओरेन्ज द स्कूल’ अभियानले विद्यालयमा यी मुद्दाबारे चेतना जगाउने र सामूहिक प्रयासबाट सुरक्षित समुदाय निर्माण गर्न प्रेरणा दिने उद्देश्य राखेको बताइएको छ ।
एनसलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ओरेन्ज द स्कूल अभियानले लैङ्गिक हिंसाविरुद्धको अभियानको माध्यमबाट विद्यालय स्तरमै सचेतना र छलफलको महŒवलाई उजागर गर्न मद्दत पु¥याएको बताइन् ।
यस अभियानको क्रममा बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयमा सञ्चालन भइरहेको बताइएको छ । यसले विद्यार्थी र शिक्षकलाई यी विषयमा बुझाइ र वकालत गर्न सक्षम बनाउने प्रयास गरेको आयोजकको भनाइ छ ।
जोन्टा क्लब अफ काठमाडौंको महिला हिंसा विरुद्धको समितिकी अध्यक्ष श्रीयुक्ता थपलियाले यो अभियानले जोन्टा क्लब काठमाडौं, साथी संस्था र एनसेल फाउन्डेसनको साझेदारीमा स्रोत र विशेषज्ञताको संयोजन गर्दै प्रभावलाई अधिकतम बनाउन सहयोग पु¥याएको बताइन् । ‘सामूहिक प्रयासले हामीले मौनता तोड्न, परिवर्तनलाई प्रेरित गर्न र महिला तथा बालबालिकाले सुरक्षित वातावरणमा जीवन बिताउन सक्ने भविष्य निर्माण गर्न मद्दत पु¥याउँछ,’ उनले भनिन् ।
२६ नोभेम्बर देखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयमा जनसचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ ।