लायन्स क्लब ३२५ आई अन्तर्गतका ६ क्लबको संयुक्त इन्स्टलेसन, इन्डक्सन तथा चार्टर हेन्डओभर सम्पन्न

Image

काठमाडौं – लायन्स क्लब ३२५ आई अन्तर्गतका ६ क्लब लायन्स क्लब अफ काठमाडौं इनोभेसन, लायन्स क्लब अफ काठमाडौं गौरीशंकर, लायन्स क्लब अफ काठमाडौं हेल्पिङ हेण्डस्, लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन,  लायन्स क्लब अफ काठमाडौं गणेश हिमाल, र  लायन्स क्लब अफ काठमाडौं विष्णुमतीको  संयुक्त इन्स्टलेसन, इन्डक्सन तथा चार्टर हेन्डओभर सम्पन्न भएको छ। 

कार्यक्रममा  ३२५ आईका गभर्नर विनोद ढुङ्गानाले क्लबका नयाँ पदाधिकारीहरूको शपथ ग्रहण गराएका थिए। आफ्नो सम्बोधनमा ढुङ्गानाले क्लबका गतिविधिहरूले स्थानीय समुदायलाई सकारात्मक रूपमा प्रभावित गर्दै आएको बताए । त्यस्तै आगामी दिनमा अझ सशक्त रूपमा सेवा कार्यमा जुट्न नयाँ नेतृत्वलाई प्रेरित गरे। साथै, उनले सामाजिक सेवामा लायन्स क्लबकाे योगदानको चर्चा गर्दै भविष्यका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन सुझाव दिए।

कार्यक्रममा  प्रमुख अतिथिका रूपमा उपस्थित भएका लायन्स क्लब इन्टरनेशनल फाउण्डेसनका एरिया लिडर राजन लम्साल र विशेष अतिथि इमिडियट पास्ट डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले पनि क्लबहरूलाई सुदृढ नेतृत्व र सामाजिक सेवाको मार्गमा निरन्तर लाग्न प्रेरणा दिएका थिए । कार्यक्रमको क्रममा नयाँ सदस्यहरूलाई शपथ ग्रहण गराउनुका साथै, विभिन्न क्लबहरूका चार्टरहरूको हस्तान्तरण गरिएको थियो ।  

सबैभन्दा धेरै बढी क्लब एक्सटेन्सन  गर्ने  क्लस्टर कोचिफ नारायण रेग्मीलाई सम्मान गरिएको  थियो। यो कार्यक्रमले लायन्स क्लब ३२५ आईअन्तर्गतका क्लबलाई आगामी दिनहरूमा अझ सशक्त रूपमा सामाजिक सेवामा लाग्न उत्प्रेरणा दिएको बताइएको छ । कार्यक्रममा आयोजना क्लबका सदस्यहरूको सक्रिय सहभागिता थियो ।
 

Tags: