पायोनियर मोटो कर्पमा गाडी किन्दा महालक्ष्मी विकास बैंकमा छूट

Image

काठमाडौं – महालक्ष्मी विकास बैंकमार्फत निसान ब्रान्डका गाडी खरीद गर्दा ९ दशमलव ९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी भएको छ । बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्पबीच छूटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार निसान ब्रान्डका गाडी खरीद गर्न इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकमा ९ दशमलव ९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सम्पुर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

 

Tags: