राजनीतिमा सक्रिय कांग्रेस नेतृ गिरीले खाेलिन् खाजाघर

Image

बाजुरा – बाजुरा त्रिवेणी नगरपालिकाकी कांग्रेस नेतृ नरिन्द्रा गिरीले व्यवसाय शुरू गरेकी छिन्।  १६ वर्षको उमेरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गिरी पार्टीको क्षेत्रीय प्रतिनिधी र पार्टीको खेलकुद विभागको प्रदेश सदस्य समेत हुन् ।

उनले त्रिवेणी नगरपालिका–४ मा आयुस स्मार्ट खाजा घर  सञ्चालनमा  ल्याएकी हुन् । राजनीतिसँगै जिविकोपार्जनको विकल्पको रूपका खाजा घर सञ्चालनमा ल्याएको उनले बताइन् । मंगलवारदेखि  त्रिवेणी नगरपालिका–४ त्रिवेणी  नगरपालिका नजिक सञ्चालनमा आएको खाजा घरको एक कार्यक्रमकाबीच त्रिवेणी नगरपालिकाका उपमेयर  कमला जोसी न्यौपानेले उद्घाटन गरेकी हुन्।

उपमेयर न्यौपानेले खाजाघरको उद्घाटन गर्दै गिरीको व्यावसायिक सफलताको कामना समेत गरिन्। उनले व्यवसाय सञ्चालन गर्दा आर्थिक कृयाकलाप बढाउनुका साथै युवालाई व्यावसायिक क्षेत्रमा लाग्ने प्रेरणा मिल्ने बताइन्। यस्तै सञ्चालक गिरीले खाजाघरले उपभोक्ताको चाहाना र मागलाई प्राथमिकता दिने बताइन्।

झण्डै ४ लाखको लगानीमा सञ्चालनमा ल्याइएको खाजा घरमा स्पेसल भेज, नन भेज खाना, अर्गानिक खानेकुरामा कोदो, फाँपर, मकैको परिकार, चाउमिन, चिया ,कफी, चना,समसा, बाजुरामा पाइने अर्गानीक खानेकुरा, स्थानीय उत्पादनका परिकारहरु खुवाउने व्यवस्था मिलाएको  सञ्चालक गिरीले बताइन्।

सञ्चालक गिरीले आफू हरेक समयमा जनताको भावनालाई बुझेकोले आफूले यो व्यवसाय अंगालेको बताइन् । अहिलेकोे समयमा हरेक युवा दिनानुदिन विदेश पालायन भइराखेको अवस्थामा आफैले केही गर्ने उद्देश्यले  खाजा घर सञ्चालनमा ल्याएको सञ्चालक गिरीले बताइन्।

 

Tags: