‘सामाजिक सञ्जालबाट महिला हिंसा बढे’

Image

काठमाडौं ।  सामाजिक सञ्जालको माध्यमबाट विभिन्न किसिमको हिंसा हुने गरेको महिला राजनीतिज्ञहरू एक कार्यक्रममा बताएका छन्।   महिला राजनीतिज्ञहरूको लागि डिजिटल र मिडिया विषयक कार्यशाला उनीहरूले आफूहरू पनि सामाजिक सञ्जालको मार्फत हिंसामा परेको कुराहरु व्यक्त गरेका छन्।

महिला भएकै कारणले कतिपय अवस्थामा आफ्ना सहकर्मी पुरुषहरूसँग नाम जोडिदिने अनि उनीहरूसँग जोडिएका फोटाहरुलाई अतिरञ्जित गरेर प्रस्तुत गरिदिने , त्यस्तै सामाजिक सञ्जालको प्रयोग गरेर महिलाहरूले राखेका स्टाटसहरूमा नकारात्मक कमेन्टहरु गरिदिने कसैसँग नाम जोडेर त्यस्ता  जुन हेर्नै नसकिने खालका कम कमेन्टहरु गरेर हिंसा गर्ने  बताएका हुन।

मंगलवार काठमाडौंमा मिडिया एड्वोकेसी फोरम (म्याक) र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा। विभिन्न राजनीतिक पार्टीसँग आवद्ध सांसद, नेतृ र पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।

यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेत, नितु पण्डितले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए

 

Tags: