निर्देशक ऋषि लामिछानेको फिल्ममा भित्रिए माग्ने बुढा
काठमाडौं । हाँस्यकलाकार केदार घिमिरे (माग्ने बुढा) निर्देशक ऋषि लामिछानेको नयाँ फिल्मको लागि अनुबन्धित भएका छन्। अहिले हलमा चलिरहेको ‘छक्का पञ्जा–५’मा उत्कृष्ट भूमिकाका साथ चर्चामा रहेका कलाकार घिमिरेलाई निर्देशक लामिछानेले आफ्नो नयाँ प्रोजेक्टमा भित्र्याएका हुन्।
कलाकार घिमिरे केही समयअघि अनमोल केसीसँगै जेरी अन टपमा अनुवन्धित भएका थिए। घिमिरे र लामिछानेबीच बिहीबार सम्झौता भएको हो । निर्देशक लामिछानेले चलचित्रको नाम भने सार्वजनिक गरेका छैनन्। चलचित्रमा माग्नेबुढा शीर्ष भूमिकामा रहने बताइएको छ। चलचित्रको निर्माता मुनाल घिमिरे रहेका छन् ।