नेपाल एसबिआई बैंकले बाढ्यो विद्यालयमा पोसाक

Image

काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडले संखुवासभाको धर्मदेवी नगरपालिकामा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा एलकेजीदेखि कक्षा चार सम्मका विद्यार्थीलाई १५३ थान पोसाक बाँढेको हो । बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम लामो समयदेखि गर्दै आएको छ ।

सोही कार्यक्रममा बचत, लघुकर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिङ सुरक्षा तथा सचेतनासम्बन्धी वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरेको बताइएको छ । उक्त कार्यक्रममा बंैकका धर्मदेवी शाखा प्रबन्धक सुशिल निरौला, विद्यालयका प्रधानाध्यापक देवीमाया अधिकारी तथा बैंकका कर्मचारी, स्कुलका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवी लगायतको उपस्थिति थियो ।

हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Tags: