चितवनमा ब्रिलियन्टको सेमिनार, कमेडियन हिमेश पन्तको प्रस्तुति रहने

Image

काठमाडौं–ब्रिलियन्ट एजुकेशन एण्ड केरियर सर्भिसेसले चितवनमा सेमिनार तथा काउन्सिलिङ इभेन्टको आयोजना गर्ने भएको छ । ब्रिलियन्टले जेठ ४ गते शुक्रवार भरतपुरको गार्डेन रिसोर्टमा उक्त कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रममा कमेडियन हिमेश पन्तको समेत प्रस्तुति रहेको बताइएको छ । ब्रिलियन्टकी निर्देशक कल्पना बस्नेतले सहभागीलाई गिफ्ट ह्याम्पर, स्कलारशीप तथा अन्य अफर रहेको बताइन् ।

काठमाडौंको पुतलीसडक स्थित एभीन्यू विल्डिङमा मुख्य कार्यालय रहेको ब्रिलियन्टले बुटवल, पोखरा, बुटवल, इटहरी, धरान, झापा, हेटौडा, चितवन र सुर्खेतमा शाखा सञ्चालन गरी परामर्श सेवा उपलब्ध गराउँदै आएको निर्देशक बस्नेतले जानकारी दिइन् ।

२० वर्षदेखि परामर्श सेवा दिँदै आएको ब्रिलियन्टले अमेरिका, अष्ट्रेलिया, क्यानडा, जर्मन, यूके, दक्षिण कोरियासहित लगायतका लागि परामर्श सेवा दिँदै आएको छ ।

 

Tags: