‘साफ वुमन्स च्याम्पियनसिप २०२४’ का टिमलाई गरिमा बैंकको १ लाख पुरस्कार
काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले गत बुधवार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलका फाइनल खेलका नेपाली टिमलाई प्रति गोल रू. १ लाखको दरले हुन आउने रू. १ लाख पुरस्कार प्रदान गर्ने भएको छ ।
नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बैंकले जानकारी दिएको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आइरहेको छ ।