समाज डेन्टल हस्पिटल प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

Image

काठमाडौं – काठमाडौं महानगरपालिका–३१, बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटे बीच बैंकका ग्राहक तथा कर्मचारीलाई हस्टिलका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सहमतीमा बैंककका ग्राहकलाई दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । बंैकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले क्रमशः १५ र १० प्रतिशत छूट हस्पिटलका सम्पूूर्ण शाखामा प्राप्त हुने भएको हो । उक्त सम्झौतामा हस्पिटलका निर्देश श्रेया पाँडे र बैंकका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटा को हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

Tags: