एनआईसी एशिया क्यापिटलका विभिन्न योजनाको प्रतिफल घोषणा, कुनमा कति ?

Image

काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेड सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०÷०८१ का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित योजनाहरूको प्रतिफल वितरण गर्ने निर्णय छ ।

कम्पनीले बन्दमुखी योजनाहरू एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)मा १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा १० दशमलव ५०, एनआईसी एशिया ग्रोथ फण्डमा ९ दशमलव ५० र एनआईसी एशिया ब्यालेन्सड् फण्डमा ९ दशमलव २५ प्रतिशत प्रतिफल घोषणा गरेको हो । कम्पनीले खुलामुखी योजनाअन्तर्गत एनआईसी एशिया डाइनामिक डेप्ट फण्डमा १० प्रतिशत प्रतिफल घोषणा गरेको छ ।

एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चांैथो वर्ष १३ प्रतिशत, पाँचौं वर्ष १०.५० प्रतिशत तथा छैटौं वर्ष अर्थात आ.व. २०८०÷८१ को लागि घोषणा गरेको ९.५० प्रतिशत सहित हालसम्म ८५ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ ।

एनआईसी एशिया ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत, चौंथो  वर्ष १० प्रतिशत तथा पाँचौं वर्ष अर्थात आ.व. २०८०÷८१ को लागि घोषणा गरेको ९.२५ प्रतिशत सहित हालसम्म ७०.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत, तेश्रो वर्ष १० प्रतिशत तथा चौंथो वर्ष अर्थात आ.व. २०८०÷८१ को लागि घोषणा गरेको १० प्रतिशत सहित हालसम्म ३६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

 

Tags: